सीमा सुरक्षाका लागि चितवनमा सशस्त्रका दुई बीओपी स्थापना

 असोज १२, २०७७ सोमबार ९:४८:३१ | रासस
unn.prixa.net

काठमाण्डाै - भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि चितवनमा थप दुई बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बीओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बीओपी थपिएको हो । माडी नगरपालिका-९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा बीओपी स्थापना गरिएकाको हो ।

गढीमाई बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बीओपी स्थापना भएसँगै एउटा बीओपीले लामो दूरीको सुरक्षा दिनुपर्ने बाध्यता हटेको र सीमा सुरक्षा थप मजबुत बन्ने बताउनुभयो । यसअघि चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बीओपी पोष्ट थिए ।

थपिएका दुईसँगै पाँच पुगेको छ । माडीमै थप एउटा पोष्ट स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसअघि बाँदरझुला, छरछरे र  वाल्मीकि आश्रममा सशस्त्रका अस्थायी पोष्ट थिए ।

नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएका छन् । पहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा थिए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ । माडीमा भारतसँगको सिमाना जोडिएको धेरै क्षेत्र निकुञ्ज पर्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया