किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ ।
राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । उहाँले सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको बताउनुभएको थियो ।
घाटाका कारण ट्रम्पले यो १० वर्षको अवधिमा ८ पटक कर तिर्नु नपरेको तथ्य बाहिर आएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको दाबी गरिएको छ । राष्ट्रपति ट्रम्पले भने कर नतिरेको सम्बन्धी समाचार गलत भएको भन्दै खबरको खण्डन गर्नुभएको छ ।
आफूले कर तिर्दै आएको उहाँको दाबी छ । सन् २०१६ मा राष्ट्रपति बनेपछि ट्रम्पका छोराले कारोबार सम्हाल्दै आउनुभएको छ । ट्रम्पको ट्याक्स सम्बन्धी आँकडालाई लिएर डेमोक्र्याट्सले त्यसमा छानबिन गर्न माग गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।