तीन वटा प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगे

 असोज १२, २०७७ सोमबार ११:५६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  देशका तीनवटा प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार प्रदेश नम्बर दुई, गण्डकी र प्रदेश पाँचका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका हुन् ।

प्रदेश दुईका एक सय ३६, गण्डकीका ८५ र प्रदेश पाँचका एक सय नौ वटै शाखामा 'क' वर्गका बैंकका शाखा पुगेका छन् । प्रदेश एक र कर्णालीका एक/एक वटा पालिकामा तथा वाग्मती र सुदूरपश्चिमका दुई/दुई  वटा पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छैनन् । 

नेपाल राष्ट्र बैंकले २०७५/७६ सालमै सबै पालिकामा बैंकका शाखा पुर्‍याउने लक्ष्य लिए पनि अहिलेसम्म देशभरका ६ वटा पालिकामा शाखा पुग्न सकेका छैनन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया