भारतमा कोरोना सङ्क्रमण भएका झण्डै ५१ लाख निको

 असोज १३, २०७७ मंगलबार ८:५९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना सङ्क्रमण भएका झण्डै ५१ लाख निको भएका छन् ।

गएको २४ घण्टामा ६९ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नाघेको छ । जसमध्ये ५० लाख ९८ हजार निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार ९ लाख ४८ हजार कोरोनाका सक्रिय बिरामी रहेकामा साढे ८ हजारको अवस्था जटिल रहेको र अरुको अवस्था सामान्य छ ।

९६ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । भारतभन्दा धेरै साढे ७३ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा भने ४६ लाख निको भएका छन् । त्यहाँ २ लाख ९ हजारको भने ज्यान गएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ३५ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४८ लाख निको भएका छन् । १० लाख ६ हजारको भने ज्यान गएको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया