निर्यात ५७ प्रतिशतले बढ्यो, फागुनमा महँगीदर चालु आर्थिक वर्ष ल...
चैत २८, २०८१ बिहिबार
काठमाडौं – भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता ऐनले कसैको सहमति बिना वा विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने जो कोहीलाई पनि कानुनी कारबाही हुने व्यवस्था गरिएको छ ।
धर्म परिवर्तन गराउने काम अपराध रहेको र यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
संहिता ऐनको परिच्छेद ९ अन्तर्गत १५८ मा ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनु हुँदैन । दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने ऐनमा प्रावधान छ ।
यस्तै धार्मिक रीतिथितीमा बाधा पुर्याएको ठहरिएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । ऐनमा भनिएको छ – ‘कसैले सनातनदेखि अपनाउँदै आएको वा चलिआएको धार्मिक रीतिथितीमा बाधा पुर्याउनु हुँदैन ।’
धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने भन्दै १५५ नम्बरको बुँदामा भनिएको छ– ‘कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले धार्मिक पूजा, मशानघाट वा चिहानलाई क्षति पुर्याए कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
prachar nagare kunai kura thaha hudain so prachar
Aug. 16, 2018, 12:27 p.m.प्रचार नगरे कसरी थाहा पाउने ? त्यसैले प्रचार गर्नेपर्छ जुनसुकै कुरा पनि /धर्मसम्बन्धि यो कानून गलत छ/
ऋषिराम पराजुली
Aug. 11, 2018, 7:53 a.m.हो तिनिहरू क्रिस्चियन होइनन।यो निश्चित छ ।तर कार्यबाही के हुन्छ व्याख्याता जनून
Milan Kharel
Aug. 11, 2018, 7:48 a.m.पहिले बलात्कारी र भ्रष्टाचारी विरुद्ध कडा कानुन बनाउ।
rishi raj shahi
Aug. 10, 2018, 11 a.m.आजकाल हाम्रो गाउँघर तिर धर्मको नाममा सोझा र अशिक्षित मान्छेलाई बिभिन्न रोग निको गर्ने बहानामा बाइबल बोकाउँदै छन्/क्रिस्चियन होइन भन्छन , तर धर्मको नाममा बिजिनेस नै हो जस्तो लाग्छ /यस्तो काम गर्नेलाई के सजायँ हुन सक्छ होला ?.