वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक ज...
माघ ३०, २०८१ बुधबार
भारतले गिलगित–बल्तिस्तानमा चुनाव गराउने पाकिस्तानको कोसिसमाथि आपत्ति जनाउँदै पाकिस्तानले यस क्षेत्रमा गैरकानुनी रुपमा कब्जा गरेको बताएको छ ।
भारतको विदेश मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘यस वर्ष १५ नोभेम्बरमा गिलगित–बल्तिस्तानमा विधान सभा चुनावको घोषणाको बारेमा हामीले खबर देखेका छौँ र हामी पाकिस्तान सरकारको यो घोषणाको विरोध गर्छौँ ।’ भारतले भनेको छ, ‘केन्द्र शासित प्रदेश जम्मू–कश्मीर र लद्दाख तथा गिलगित–बल्तिस्तानको कथित क्षेत्र सन् १९४७ भएको भएको सम्झौताअनुसार भारतको अभिन्न हिस्सा हो । भारत यस क्षेत्रमा भौतिक परिवर्तन गर्ने सबै कोसिसको विरोध गर्छ र यस क्षेत्रमा पाकिस्तानले गैरकानुनी रुपमा कब्जा गरेको हो भन्ने एक पटक फेरि भन्न चाहन्छौँ ।’
यसअघि पाकिस्तानको सर्वोच्च अदालतले यस क्षेत्रमा चुनाव गर्न अनुमति दिएको थियो ।
बेलायतबाट स्वतन्त्र हुनुअघि गिलगित–बल्तिस्तान जम्मू–कश्मीर प्रान्तको अङ्ग थियो तर सन् १९४७ पछि यसमा पाकिस्तानको नियन्त्रण रहँदै आएको छ ।
पाकिस्तान जम्मू–कश्मीरलाई विवादित क्षेत्र मान्ने गर्छ र संयुक्त राष्ट्र सङ्घको प्रस्ताव भन्दै त्यहा जनमत सङ्ग्रह गराउनुपर्ने माग गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।