वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक ज...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - भारतमा आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनको अन्त्य गर्दै भारतले आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् ।
१० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो । केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइ (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ ।
१५ अक्टोबरदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरञ्जन स्थल खोल्ने अनुमति भारत सरकारले दिएको छ । तर केही प्रतिबन्ध भने लागू हुनेछन् । सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सीट भर्न पाइने छैन अर्थात् आधा सीट खाली हुनुपर्नेछ ।
सरकारले लागि सरकारले छुट्टै निर्देशिका जारी गर्नेछ । यस्तै केही सर्तसहित एक सय जनाभन्दा धेरैलाई जमघटको लागि अनुमति दिने सरकारको तयारी छ । तर पनि कोरोना सङ्क्रमितको संख्या बढिरहेको क्षेत्रमा भने ३१ अक्टोबरसम्म कडा लकडाउन लागू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।