जुम्ला : हट्यो खलङ्गामा लगाइएको निषेधाज्ञा

 असोज १८, २०७७ आइतबार ९:२१:११ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाकाे सदरमुकाम खलङ्गामा लगाइएको निषेधाज्ञा हटाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले गएको बिहीबारदेखि लगाएको निषेधाज्ञा आजदेखि हटाएको हो । तर कोरोना सङ्क्रमणबाट बच्न जनस्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका २७ स्वास्थ्यकर्मीसहित ४७ जनामा कोरोना पुष्टि भएपछि परीक्षण, खोजीकार्य तथा फैलिन नदिन भन्दै निषेधाज्ञा गरिएको थियो ।   

अन्तिम अपडेट: बैशाख ९, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया