प्रशासनको निर्देशन अटेर गरी सर्लाहीमा क्रसर उद्योग सञ्चालन

 असोज १९, २०७७ सोमबार १८:५९:२६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीका क्रसर उद्योग व्यवसायीहरुले प्रशासनको निर्देशन अटेर गरी उद्योग सञ्चालन गरिरहेका छन् ।

क्रसर उद्योगीले अहिले पनि बलमिच्याइँ गर्दै बागमती, हरिपुर, लालबन्दी, फुलजोड, ईश्वरपुर, बसवरिया लगायतका ठाउँमा क्रसर उद्योग सञ्चालन गरिरहेका छन् ।

मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको र अब पनि बन्द नभएका उद्याेगमाथि कारबाही सुरु गर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया