प्रसूति गृहमा एक महिलाले पाँच शिशु जन्माइन्

 असोज १९, २०७७ सोमबार २०:३२:२८ | रासस
unn.prixa.net

तस्बिर : डा. कीर्तिपाल सुवेदीको फेसबुकबाट

काठमाण्डाै – तपाईँ हामीले एक महिलाले तीन वा चार वटासम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियाैँ । सोमबार थापाथलीमा रहेकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोनिका तामाङले तीन र चार नभइ एकै साथ पाँच शिशु जन्माउनुभएको छ । 

उहाँले साेमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिनुभएकाे हाे । अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्रका अनुसार तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल  छन् ।  उहाँका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । 'आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन', उहाँले भन्नुभयो, 'अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।'  

डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु बिरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १‍.८ किलो, दोस्राेको आठ सय ग्राम, तेस्राेको १.९ किलो र चौथाको १.६ किलाे छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो । 

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा. मुकेश कुमारले शल्यक्रिया गर्नुभएको थियो ।   

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया