प्याब्सन धनगढीको उर्दी : तोकिएको पब्लिकेशनको पुस्तक नपढाउने विद्यालयलाई १० देखि ४० हजारसम्म जरिवाना

 असोज २०, २०७७ मंगलबार ७:४०:३० | सीताराम ओझा
unn.prixa.net

कैलाली - निजी विद्यालयको छाता संगठन (प्याब्सन) धनगढीले निजी विद्यालयमा तोकिएको पब्लिकेशनको पुस्तक पढाउन उर्दी गरेको छ । प्याब्सन धनगढीको कार्य समितिको निर्णयअनुसार धनगढीका सबै निजी विद्यालयमा अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्युटर विषयको पुस्तक पढाउन उर्दी गरिएको हो । 

प्याब्सनको निर्णय नमान्ने विद्यालयलाई १० हजारदेखि ४० हजार रुपैयाँसम्म जरिवाना तिर्न र अबदेखि प्याब्सनका सबै निर्णय मान्न तयार छु भनेर निवेदन पेस गर्न विद्यालयलाई परिपत्र गरिएको छ ।

निर्णय नमान्ने विद्यालयलाई कडा कारबाहीको चेतावनी दिइएको छ । निर्देशन र चेतावनीबारे द गार्डनर विद्यालयका संस्थापक प्रिन्सिपल कैलाश दाहालले पत्रमा लेखिएको निर्णय र निर्देशन कानुनसम्मत छ भनेर प्रश्न गर्नुभएको छ । प्याब्सन धनगढी अन्तर्गत ५३ विद्यालय आबद्ध छन् । प्याब्सन धनगढीका अध्यक्ष पदमबहादुर सावदले संस्थाको निर्णय पालन नगर्नेलाई कारबाही गर्न पत्र पठाएको बताउनुभयो ।

उहाँकाअनुसार ९ वटा निजी विद्यालयले पुस्तक पढाउन अटेरी गरेका थिए । ७ वटा विद्यालयहरुले ताेकिएकाे पुस्तक पढाउन सहमति जनाइसकेका छन् । दुई वटा विद्यालयले भने किताब पढाउन मानेका छैनन् । प्याब्सन धनगढीले अघिल्लो वर्ष आयोजना गरेको विद्यालयस्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेशनले प्रायोजन गरेको थियो । 

प्रायोजन बापत एक लाख ५० हजार रुपैयाँ प्याब्सन धनगढीलाई दिएको थियो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया