अब प्रदेश ५ काे नाम लुम्बिनी

 असोज २०, २०७७ मंगलबार १६:२०:४६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर ५ काे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएकाे छ ।

मङ्गलबार प्रदेश सभामा भएकाे मतदानमा प्रदेशकाे नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेकाे हाे । मतदानमा ८३ जनाकाे उपस्थिति रहेकाे थियाे । 

यसअघि प्रदेशकाे राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएकाे हाे । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया