भारत पुर्‍याएर बन्धक बनाइएकी युवतीकाे उद्धार

 असोज २१, २०७७ बुधबार १३:३६:४६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले किशोरी अपहरणमा संलग्न दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

भारतको उत्तरप्रदेश राज्यको गौतम बुद्ध नगर थाना बदालपुर दुजाना भन्ने ठाउँमा बन्धक बनाइ राखिएकी बर्दियाकी १७ वर्षीया किशोरीलाई उद्धार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीले अपहरणमा संलग्न बर्दियाको बढैयाताल गाउँपालिका ७ का २१ वर्षीय मुकेश यादव र ५५ वर्षीय हरिराम अहिरलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न बढैयाताल ७ कै ३५ वर्षीय अगलेश यादव फरार रहेको प्रहरीले जनाएको छ ।

गएकाे साउन २ गते घरमा किशोरी एक्लै भएको र घरपरिवारका सदस्यहरु रोपाइँ गर्न खेतमा गएको मौका छोपी पीडित किशोरीलाई डर, त्रास देखाइ अपहरण गरी भारत पुर्‍याइएकाेमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरी अपहरणमुक्त गराएको हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया