स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

 असोज २३, २०७७ शुक्रबार १८:३५:५८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका १ को दार्सिङमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । 

दुर्घटनामा घाइते भएका भीरकोट ३ घर भइ कपिलवस्तु बस्ने ३१ वर्षीय गुप्तबहादुर खत्री र भीरकोट ३ घर भइ वालिङ बस्ने ५८ वर्षीय ढालबहादुर रानाको ज्यान गएकाे हाे । उनीहरुकाे उपचारको क्रममा कालिका सामुदायिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

वालिङबाट भीरकोटतर्फ गइरहेको ग १ क ४३७० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग १३ प २८१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया