ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो

 असोज २५, २०७७ आइतबार ८:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको छ ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख ५० हजार १ सय ९८ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ५० लाख ८२ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको ब्राजिल सङ्क्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा छ । तर ज्यान गुमाउनेको संख्या धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।

ब्राजिलमा भन्दा धेरै सङ्क्रमित संयुक्त राज्य अमेरिका र भारतमा छन् । अमेरिकामा ७९ लाख ४५ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १९ हजारको ज्यान गएको छ । यस्तै ७० लाख ५१ हजारमा कोरोना पुष्टि भएको भारतमा १ लाख ८ हजारले ज्यान गुमाइसकेका छन् ।

विश्वभर ३ करोड ७४ लाख ५० हजारमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये २ करोड ८१ लाख निको भएका छन् । १० लाख ७७ हजारको भने ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया