जबर्जस्ती करणी गरी ज्यान मार्नेलाई बाँचुञ्जेल जेल

 साउन २६, २०७५ शनिबार ७:२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बलात्कार र हत्याका घटना दिनहुँ बढिरहेको भन्दै त्यसलाई रोक्न अहिले कडा कानुनको माग भइरहेको छ । 

आम नागरिकले सडक र सदनबाट सांसदहरुले पनि यस विषयमा आवाज उठाउँदै आइरहेका छन् । तर, अब भदौ १ गतेदेखि लागू हुन लागेको नयाँ मुलुकी संहिताले जबर्जस्ती करणी गरी ज्यान मार्ने कसुरमा संलग्नलाई जीवित रहँदासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।  

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद पाँचको दफा ४१ ले यस्तो व्यवस्था गरेको हो । 

उक्त दफाले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मार्ने, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मार्ने, अपहरण गरी वा शरीर बन्धक बनाइ ज्यान मार्ने कसुरमा संलग्नलाई जीवित रहेसम्म कैद सजायको व्यवस्था गरेको हो ।  

यसअघि अपहरण गरी वा शरीर बन्धक बनाई ज्यान मार्ने अभियोगका कसुरदारलाई जन्मकैदको मात्रै व्यवस्था थियो । 

यस्तै सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मार्ने कार्यमा संलग्न, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेकाको हकमा पनि एकै प्रकृतिको सजायको व्यवस्था ऐनले गरेको छ ।   


 

अन्तिम अपडेट: चैत १४, २०८०

2 Comments

  • सूर्य सुनार

    Aug. 11, 2018, 7:31 a.m.

    धेरै राम्रो कुरो ।

  •  0 Reply
  • Raaj

    Aug. 11, 2018, 7:21 a.m.

    jabarjasti karani waa balatkar garne lai kasto sajaye hune vani prasta nabujhiyeko dekhinxa . balatkar waa jabajasri karani gari jyaan marne lai matra vaniyeko xa . Pls clarify garidinu hola ..

  •  0 Reply

तपाईको प्रतिक्रिया