अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो ट्वीट ट्वीटरले नदेखिने बनायो

 असोज २६, २०७७ सोमबार ६:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले नदेखिने बनाएको छ ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गर्नुभएको थियो । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।

योभन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएका थिए । योभन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले पटक-पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै हुनुहुन्छ ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया