खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
दार्चुला - दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माणको काम सुरु भएको छ ।
व्यास गाउँपालिकाको गागामा बाह्रै महिना बस्न मिल्ने गरी सशस्त्र प्रहरीको भवन निर्माणको काम सुरु गरिएको हो । अत्याधुनिक सुविधासहित ४० कोठे भवन बनाउन काम सुरु भएको निर्माण व्यवसायी सुरेश चन्दले बताउनुभयो । भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १४ किलोमिटर तल छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो ।
१० करोड रुपैयाँको लागतमा भवन निर्माण हुनेछ । ठेकेदारले हेलिकप्टरमार्फत् जेनरेटरलगायत सामाग्री छाङरुमा पुर्याएको छ । मौसमले साथ दियो भने मंसिरसम्म तल्लो तलामा सशस्त्र प्रहरी बस्ने मिल्ने गरी काम हुने व्यवसायी चन्दले बताउनुभयो । मंसिरदेखि हिमपात सुरु हुने भएकाले काम गर्न सकिँदैन ।
गृहमन्त्री रामबहादुर थापाले गएको असोज ९ गते भवनको शिलान्यास गर्नुभएको थियो । ४० कोठे भवन एक वर्षभित्रै बनाइसक्ने लक्ष्य छ । व्यासको कौवा र तिंकरमा पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने सरकारको तयारी छ । तिंकरमा सशस्त्र प्रहरीको भवन निर्माणका लागि एक करोड बजेट विनियोजन भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।