सडक खन्ने क्रममा डोजर पल्टिँदा एक जनाको ज्यान गयो

 असोज २६, २०७७ सोमबार २०:३२:४३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सडक खन्ने क्रममा डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ । सडक खन्ने क्रममा स्थानीय वडा नं. ९ का ३७ वर्षीय दीपेन्द्र ओलीको ज्यान गएको प्रहरीले जनाएको छ ।

नविन कृष्ण कन्ट्रक्शन प्रालीकाे रा १ क ११३७ नम्बरको डोजरका चालक दीपक ओली भने घटनापछि भागेका छन् । घटनालगत्तै मृतक ओलीका आफन्तले आन्दोलन गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिबहादुर ओलीले बताउनुभयो ।

मृतकका आफन्तले  अहिलेसम्म शव बुझेका छैनन् । दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने आफन्तको अडान छ । अहिले दुवै पक्षलाई बोलाएर छलफल भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया