युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने भएको छ ।
आज राति मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रहने भएकाे अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ । मतलब तीनै ग्रह १८० डिग्री कोणमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोजिशनको घटना प्रत्यक दुई वर्षमा हुन्छ ।
आज राति नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बरअघि नजिक देखिने छैनन् । अपोजिशनको खगोलीय घटना आज राति हुने भए पनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।