इंग्ल्याण्डसँगको टेष्टमा भारत १०७ रनमै अलआउट, एण्डरसनले लिए ५ विकेट

 साउन २६, २०७५ शनिबार ९:२१:१० | एजेन्सी
unn.prixa.net

आईसीसीको टेष्ट वरीयतामा शीर्ष स्थानमा रहेको भारतीय क्रिकेट टोली इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा १०७ रनमै अलआउट भएको छ ।
 
बिहीबारदेखि सुरु हुनुपर्ने म्याच वर्षाका कारण शुक्रबार मात्र टस सम्भव भएको थियो । जहाँ लर्डस मैदानमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो ।
 
वर्षाले खेल रोकिनुअघि नै ४ ओभरमा भारतीय टोलीको हालत १५–३ पुगिसकेको थियो । लामो वर्षापछि स्वीङ विकेटमा इंग्ल्याण्डका भेट्रान बलर जेम्स एण्डरसनले त्यसको फाइदा उठाए । उनले खेलमा १३.२ ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । त्यस्तै क्रिस भोक्सले पनि २ विकेट लिए ।
 
भारतका रविचन्द्रन आश्विनले सर्वाधिक २९ रन बनाउँदा कप्तान विराट कोहलीले २३ रन बनाए । भारतका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्, जसमध्ये तीन जनाले खाता नै खोल्न सकेनन् ।
 
इंग्ल्याण्डले आज जवाफी ब्याटिङ गर्नेछ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया