कर बढाएको भन्दै उद्योग वाणिज्य संघको अगुवाईमा गौशाला बजार बन्द

 साउन २६, २०७५ शनिबार १०:४७:२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - गौशाला उद्योग वाणिज्य संघको अगुवाईमा शनिबार महोत्तरीको गौशाला बजार बन्द गराइएको छ । 

नगरपालिकाले अत्याधिक मात्रामा कर लादेको विरोधस्वरुप यहाँको सर्वदलीय पक्षको आग्रह अनुसार एक दिनको लागि बजार गराइएको हो ।

गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ को लागि पारित गरेको वजेटमा गएको वर्षको तुलनामा अत्याधिक मात्रामा कर लादेको र त्यो कर यहाँका जनताले धान्न नसक्ने अवस्थामा पुगेकोले त्यसको विरोधमा बजार बन्द गरिएको उद्योग वािण्ज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झाले बताउनुभयो ।

नगरपालिकाले बजेट सिलिङ्ग गरेदेखि नै आफूहरु विरोधमा उत्रे पनि नगरपालिकाले वास्ता नगरेपछि बाध्य भएर सडकमा उत्रिनुपरेको गौशाला नगरपालिकाका वडाअध्यक्ष धर्मेन्द्रकुमार साहले धारणा राख्नुभयो । 

वार्ता र छलफलमार्फत समस्या समाधानको लागि पहल भईरहेको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । वडाअध्यक्ष महेशसिंहको अध्यक्षतामा बजेट पुनरोवलोकन समितिको बैठक जारी रहेको समयमा बजार बन्द गर्नुपर्ने आवश्यक भने नरहेको महतोले धारणा राख्नुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया