प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : प्रदेश २ र ३ विजयी

 जेठ १५, २०७५ मंगलबार १८:५६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै‌‌, जेठ १५ - काठमाडौंमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री एकदिवसीय कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन मंगलबार प्रदेश २ र ३ विजयी भएका छन् ।

समूह बी अन्तर्गतको खेलमा प्रदेश ३ ले प्रदेश ६ माथि तीन विकेटको जित दर्ता ग¥यो । यस्तै समूह एक अन्तर्गत मंगलबारै भएको खेलमा प्रदेश १ ले प्रदेश ४ लाई ७६ रनले पराजित ग¥यो ।

कीर्तिपुरको रहेको त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश ६ ले ४७.४ ओभरमा अलआउट हुँदा १७८ रन बनाएको थियो । ६ का लागि रवीन्द्र शाही र दिवान पुनले अर्धशतक पार गर्दै ५२ रन बनाए ।

यस्तै टेक सलामीले २६ रन जोडे । ११ रनमा पहिलो विकेट गुमाएको प्रदेश ६ ले ७५ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।

मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाल्दा प्रदेश ६ ले १७८ रनसम्म जोडेको थियो । बलिङतर्फ ३ का किशोर महतो र जितेन्द्र ठकुरीले २–२ विकेट लिए ।

१७९ रनको लक्ष्य प्रदेश ३ ले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो । प्रदेश ३ का लागि रुपेश श्रीवास्तवले ३९, किशोर महतोले २५, आदिल खानले ३१ र इशान पाण्डेले २३ रन बनाएको थिए । प्रदेश ३ ले ३८ अतिरिक्त रन दिएको थियो ।

बलिङतर्फ प्रदेश ३ को झरेको कुल ७ विकेटमध्ये ६ विकेट चन्द्र बिसी एक्लैले लिएपनि टिमलाई जित दिलाउन सकेनन् । १० ओभर बलिङ गरेका बिसीले १ मेडन राख्दै ४१ रन खर्चिएका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ४४.३ ओभरमा अलआउट हुँदै१५८ रन बनाएको थियो । प्रदेश २ का लागि विसाल सुस्लिङले २६, रसिद खानले १८ तथा कप्तान महबुब आलम र राहुल प्रताप सिंहले १७–१७ रनको योगदान दिए । २८ रन हुँदा पहिलो विकेट गुमाएको प्रदेश २ले थप २९ रन जोड्दा चार विकेट गुमाएको थियो ।

प्रदेश २ लाई कम स्कोरमा रोक्नका लागि हरि चौहान र विपिन खत्रीले ३–३ विकेट लिए ।

१५९ रनको लक्ष्य पछ्याएको प्रदेश ४ २८.५ ओभरमा ९१ रनमा अलआउट भयो । १३ रनमा पहिलो विकेट गुमाएको प्रदेश ४ का खेलाडीवीच राम्रो साझेदारी हुन सकेन ।

४ को पारीलाई ध्वस्त पार्नका लागि चार बर्षपछि मैदानमा फर्किएका संजम रेग्मीले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेको संजमले ३ मेडन र ५ विकेट लिँदै १६ रनमात्र खर्चिए । संसद शेखले पनि ८ ओभरमा ३ मेडन र ४ विकेट लिँदै २० रन दिए ।

खेलको प्लेयर अफ द म्याच संजम रेग्मी घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार टियु मैदानमा प्रदेश ४ र १ तथा मुलपानीमा प्रदेश ७ र प्रदेश ५ कावीच खेल हुनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया