तेक्वान्दो खेलाडी विनोद थापाले एक घण्टामा २७५० 'किक' हाने

रेकर्डको डकुमेन्ट गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा पठाइने

 असोज २९, २०७७ बिहिबार २०:३३:१३ | सीताराम ओझा
unn.prixa.net

धनगढी – तेक्वान्दो खेलाडी विनोद थापाले मोस्ट मार्शल राउण्ड हाउस किक इन वान आवर अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हानेका छन् ।

यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय पचास पटक किक हानेका हुन् । सुदूरपस्चिम प्रदेश तेक्वान्दो सङ्घले धनगढीमा बिहीबार एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो । बिहीबार दिउँसो साढे १२ मा सुरु भइ साढे एक बजेसम्म एक घण्टामा २७५० किक हानेर यो रेकर्ड बनाएका हुन् । 

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा भएको थियो । सम्पन्न कार्यक्रममा विभिन्न मिडिया हाउसका पत्रकारहरु, कञ्चनपुर तेक्वान्दो सङ्घका अध्यक्ष ज्ञानेन्द्र सिंह, सुदूरपशिचम प्रदेश तेक्वान्दो सङ्घका वरिष्ठ उपाध्यक्ष केशव भट्ट, उपाध्यक्ष सरोज चौधरी, सचिव श्रीराम चौधरीलगायत प्रदेश सङ्घका पदाधिकारीहरुको समेत उपस्थिति भएको थियो । कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका महासचिव पदमविक्रम सिंहले सञ्चालन गर्नुभएको थियो । 

अब विनोद थापाले आउँदो अक्टोबर २० का दिन मोस्ट मार्शल आर्ट्स किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने प्रयासमा हुनेछन् । अहिले यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । त्यसपछि विनोद थापाको दुवै रेकर्ड्सको डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाइने छ । 

धनगढीकी वर्षा साउँदलाई नेपाल ओपन काता च्याम्पियनशिपमा स्वर्ण पदक

धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् । अनलाइन प्रतियोगितामा वर्षाले पदक प्राप्त गर्न सफल भएकी हुन् । स्वर्ण पदकसँगै वर्षाले दश हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छिन् ।

धनगढी कराते एकेडमीकी कराते प्रशिक्षक रहेकी वर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’ मा सहभागी भएकी थिइन् ।

अनलाइन प्रतियोगितामा पुरुषतर्फको स्वर्ण सशस्त्र प्रहरी बलका सुभाष घतानेले वाग्मती प्रदेशका रविन्द्र मानन्धरलाई पराजित गर्दै जिते ।

यस प्रतियोगिताका निर्णायक आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता तथा १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औँ दक्षिण एसियाली खेलकुदका दोहरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ रहेका थिए ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया