‘ग्राहकले सेफ्टी भनेकै टाटा मोटर्सका गाडी सम्झन्छन्’

 कात्तिक २, २०७७ आइतबार ७:२८:४९ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसकाे महामारीका कारण अहिले देशका प्रायः सबै क्षेत्र प्रभावित छन् । लामो समयकाे लकडाउनले उद्योग, व्यापार र व्यवसाय बन्द भएका कारण व्यवसायीले आम्दानी गुमाएका छन् भने कामदारले रोजगारी ।

अटोमोबाइल क्षेत्रमा पनि लकडाउनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा व्यवसायी तथा कामदारहरु प्रभावित बनेका छन् । यसै सन्दर्भमा कोरोना सङ्क्रमणका कारण व्यवसायमा परेको असर र सिप्रदीको टाटा मोटर्सका प्यासेन्जर भेइकल्सको बिक्री वितरण र चाडपर्व लक्षित अफरबारे उज्यालो सहकर्मी मल्लिका थापाले सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका वरिष्ठ उपप्रबन्धक प्रसन्न पन्तसँग कुराकानी गर्नुभएको छ ।

कोरोना भाइरसको महामारीका कारण सिप्रदीको टाटा मोटर्सका प्यासेन्जर भेइकल्सको बजार कस्तो छ ?

कोरोना महामारीका कारण विश्वकै अर्थतन्त्र धरासायी बनेको समयमा अटोमोबाइल्स व्यवसाय मात्र नभएर सबै क्षेत्रलाई यसले असर गरेको छ । कोरोनाका कारण लकडाउन र निषेधाज्ञा हुँदा गाडी बिक्री ठप्प नै भयो । तर खुलेको बेलामा बजार बिस्तारै माथि उठ्दै छ । चाडपर्वकाे सिजन भएकाले पनि अहिले बिक्री बढेको छ । पहिलेदेखि नै यो समयमा बढी खरिद बिक्री हुने गरेको थियो । अटो बजारले बिस्तारै गति लिँदैछ । ब्राण्डहरु स्किमसहित आएका छन्, बजारमा प्रतिस्पर्धा बढेको छ ।

टाटाको कुन गाडीको बिक्री बढी छ ? 

ग्राहकले सन् २०१८ मा लन्च भएको टाटाको हिरो प्रोडक्ट नेक्सन बढी रुचाउँछन् । यसले जहिले पनि हामीलाई साथ दिइरहेको हुन्छ । सफल तरिकाले बिक्री भइरहेको छ । टियागो र टिगोरले पनि ग्राहकमाझ आफ्नो छुट्टै पहिचान बनाइरहेका छन् । त्यसैगरी अल्ट्रोज पनि पपुलर भइरहेको छ । मार्केटमा यसको चार्म छ । टाटाको सानो गाडीमा त सधैँ नै चार्म छ । यस्तै एच फाइभले पनि आफ्नो उचाइ कायम राखेको छ । 

टाटाको गाडीमा भएका कस्ता फिचरले ग्राहक आकर्षित भएका छन् ?

अहिले ग्राहकले गाडी किन्दा फिचर र लुक्स मात्र नहेरेर सुरक्षालाई पनि ध्यान दिएका हुन्छन् । सुरक्षा भन्नेबित्तिकै ग्राहकको पहिलो रोजाइ नै टाटा भएको पाइन्छ । टियागो र टिगोर ग्लोबल एन क्यापबाट फोर स्टार रेटिङ प्राप्त गाडी हो , नेक्सन  फाइभ स्टार एसयूभी, अल्ट्रोज ह्याज सेग्मेन्टमा एकमात्र इण्डियन म्यानुफ्याक्चरिङमा फाइभ स्टार रेटिङ गाडी हो । टाटाको चार्म सेफ्टीमा छ र मार्केटमा ग्राहकले आफ्नो परिवार र आफ्नो सुरक्षालाई खोज्ने भएकाले हाम्रो गाडीमा थप आकर्षण बढेको हो ।

यसअघि दशैँ तिहारको समयमा अटो बजारमा पनि निकै चहलपहल हुन्थ्यो, यसपालि काेराेनाकालकाे अवस्थामा त्यति रौनक छाएको देखिँदैन, याे अवस्थामा कम्पनीले कस्ता अफर ल्याएर ग्राहक आकर्षित गर्ने योजना ल्याएको छ ?

चाडपर्वका बेला जहिले चार्म हुन्छ किनभने गाडी व्यवसायीले यतिबेला राम्रो अफरहरु अघि सार्छन् । कोरोनाको कारण यसपालिको बजारमा असर परेको छ । तर पनि मार्केटमा गाडीको केही डिमाण्ड नै छ । त्यसैले हामी जस्तो डिस्ट्रिब्युटर्सले मार्केटमा केही नयाँ गरौँ, वातावरणमा चहलपहल ल्याउने भनेर अफरहरु ल्याएका हुन्छौँ । 

यसपालि टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाख रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कनमा सरप्राइज गिफ्ट र प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारको व्यवस्था छ । यस्तै जुनसुकै गाडीको एक्सचेन्जमा पचास हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । हामीले जे गर्न सक्छौँ, त्यहीअनुसारको अफर दिन्छौँ भनेका छौँ । जुन गाडीमा जति नगद छुट दिन सक्छौँ त्यति मात्र अफर गरेका छौँ, त्योभन्दा बढी दिन्छौँ भनेर ग्राहकलाई प्रलोभनमा पारेका छैनौँ, त्यसैले ग्राहकले पनि हाम्रो विश्वास गर्नुभएको छ, उहाँहरु  खुसी हुनुहुन्छ ।

दशैँको अवसरमा ग्राहकले टाटा मोटर्सको जुनसुकै शो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजलगायतका गाडीहरु अवलोकन, टेस्ट ड्राइभ तथा खरिद गर्न सक्ने छन् । अहिले दशैँलाई टार्गेट गरेका छौँ । तिहार, छठलगायतका पर्वमा पनि हामी केही नयाँ गर्छौँ कि त यसलाई निरन्तरता दिन्छौँ, अझ थप आकर्षक उपहार तथा छुटको योजना ल्याउनेछौँ ।

टाटाको गाडीका लागि अनलाइन बुकिङ र बिक्री वितरण कस्तो छ ?

कोरोना महामारीको यो समयमा टाटा मोटर्सले नेपालमा पहिलो पटक यो क्षेत्रमा वेब पोर्टलको सुरुवात गरेको हो । यो पोर्टलमार्फत ग्राहकले अनलाइन बुकिङ, क्याटलगसहितको सवारीका विवरण, सवारीको डेमो भिडियो, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मूल्याङ्कन, ऋण मूल्याङ्कन, सर्भिस बुकिङलगायतका सुविधा घरमै बसेर लिइरहेका छन् । गाडीको बुकिङ र बिक्री वितरण राम्रै भइरहको छ । इन्क्वायरी पनि छ, हामी फलोअप गरेर उहाँहरुको घरमै गाडी पुर्‍याएर, टेस्ट ड्राइभलगायतको सुविधा पनि दिइरहेका छौँ ।

टाटाको बिक्रीपछिकाे सेवा (After Sales Service) राम्रो छ भनेर यसअघि नै चर्चामा छ, अहिले केही विशेष सुविधा थपिएका छन् कि ?

गाडी बेच्नु मात्र नभएर बिक्रीपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढिरहेको छ । सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्रीपछिकाे सेवालाई उच्च प्राथमिकता दिँदै आइरहेको छ । जस्तोसुकै अवस्थामा पनि यो सेवालाई हामी निरन्तरता दिन्छौँ ।

बजारमा विभिन्न ब्राण्डका गाडी छन्, स्किम पनि त्यहीअनुसारका छन् तर टाटाकै गाडी किन रोज्ने त ?
ग्लोबल एनक्यापकको रिपोर्ट हेर्ने हो भने टाटाका गाडीहरुले सुरक्षामा उच्च रेटिङ पाएका छन् । दुई वटा गाडीले त फाइभ स्टार नै पाएका छन् । टाटाका गाडी फोर स्टारभन्दा कम रेटिङका छैनन् । त्यसैले हामी गर्वका साथ भन्न सक्छौ कि प्रतिस्पर्धीमध्ये सेफ्टीमा हामी अगाडि छौँ । योसँगै कन्भिनियन्ट, इन्टेरियर, साउण्ड क्वालिटी, ड्यास बोर्डमा राखेका कुरा, फिट र फिनिसिङ सबै कुरा उत्कृष्ट छ ।  हामीले क्वालिटी प्रोडक्ट बेचिरहेका छौँ ।

गाडी किन्दा अफर र छुट हेरेर किन्दा हुन्छ ?

अहिलेको अवस्थामा ग्राहकहरुलाई पनि आर्थिक रुपमा समस्या नै छ । त्यसले गर्दा पनि मान्छेले आफ्नो आर्थिक क्षमताअनुसार गाडी छान्न सक्नुपर्छ । त्यसैले अफर र छुटले पनि केही सहयोग गर्छ । तर भ्याल्युलाई पनि ध्यानमा राख्नुपर्छ । भ्याल्यु भनेको सुरक्षा हो । गाडीमा परिवारलाई लिएर हिँड्नुपर्ने हुन्छ । त्यही भएर गाडी किन्दा परिवारको सुरक्षालाई प्राथमिकता दिएर मूल्यसँगै सुरक्षा प्रणालीमा ध्यान दिन जरुरी छ ।  

अन्तिम अपडेट: चैत ९, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया