रुकुम पश्चिममा आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको अभियान

 कात्तिक १, २०७७ शनिबार २०:३३:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिममा आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको अभियान शुरु भएको छ ।

'उत्पादन, रोजगार एवम् आर्थिक विकासका साथ समृद्धितिर अघि बढौं, सामाजिक साँस्कृतिक रुपान्तरण र विकास गर्दै समाजवादको आधार तयार पारौं' भन्ने नाराका साथ अभियान शुरु भएको हो ।

पत्रकार सम्मेलनमा अभियानबारे जानकारी दिँदै जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले यो अभियानलाई नागरिकको अवस्था परिवर्तन नहुँदा सम्म प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

अभियानमा विभिन्न २२ वटा कार्यक्रमलाई प्राथमिकिकरण गरेको उहाँले बताउनुभयो । जसमा पहिलो प्राथामिकतामा शिक्षा रहेको छ भने घरबास नहुनेका लागि घर बनाउने, सेवाग्राहीमैत्री योजना छनौट लगायतका कार्यक्रमहरु समेटिएका छन् ।

एक वडा एक नमूना उत्पादन पकेट क्षेत्र बनाई उत्पादनको विकास गर्ने, जमिन बाँझो नराख्ने, श्रम पलायन हुन नदिने, निर्यातमुखि उत्पादनमा जोड दिने लगायतका कार्यक्रमहरु अभियानमा समेटिएका प्रमुख शर्माले जानकारी दिनुभयो । अभियान सबै पालिकाको समन्वयमा शुरु भएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया