घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – पाँच वर्ष पाँच महिनापछि रानीपोखरी पुरानै स्वरुपमा फर्किएको छ । २०७२ सालमा भूकम्पले भत्केपछि झण्डै तीन वर्ष काम थाल्ने र भत्काउने प्रकृयामै अल्झेको रानीपोखरीले बल्ल पुनर्जीवन पाएको हो ।
रानीपोखरीमा झण्डै तीन करोड लिटर पानी भरिएको छ । बिजुली जोडेर झिलिमिली बनाइएको छ । पर्खाल वरपर हरियाली छ । पोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि प्रताप मल्लकालीन ग्रन्थकुट शैली (शिखर) मा पुनर्निर्माण भएको छ ।
१८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको झण्डै पाँच वर्षपछि राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै हुनुहुन्छ । यसअघि गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेको थिएन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो पटक असोज ३ गते संविधान दिवसका अवसरमा रानीपोखरी उद्घाटन गर्ने तयारी गरे पनि त्यसबेला पनि हुन सकेन । भूकम्प गएको पाँच वर्ष पाँच महिनापछि बल्ल रानीपोखरी विगतकै अवस्थामा फर्किएको हो । रानीपोखरीलाई पुरानै स्वरुपमा ब्यूँत्याउन यसबीचमा धेरै प्रयास भएका थिए ।
भूकम्प गएको वर्ष पुसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भयो । त्यसअघि पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बनाउने जिम्मा पुरातत्व विभाग र पोखरीको भाग बनाउने जिम्मा काठमाण्डौ महानगरपालिकाले लिएको थियो । तर राष्ट्रपतिले शिलान्यास गरेको ३ वर्ष बितिसक्दा पनि काम अगाडि बढेन ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक पोखरी बनाउने र कफी सपको योजना अघि सारेर काम सुरु गरेपछि विरोध भयो । २०७५ साल असारमा सम्पदाप्रेमी र स्थानीयबासिन्दाले काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई रानीपोखरीको घाँस नै उपहार दिएका थिए । यस्तै पुस २४ गते पुनर्निर्माणमा भएको ढिलाइको विरोध गर्दै विद्यार्थीले रानीपोखरीमा फुटबल खेलेका थिए ।
यता पुरातत्व विभागले पनि पिल्लर सहित बालगोपालेश्वरको मन्दिर बनाउन थाल्यो । पुरातत्व विभागको कामको पनि विरोध भयो । अनि रानीपोखरीमा लगाएको कङ्क्रिटको पर्खाल भत्काइयो र बालगोपालेश्वर मन्दिरमा निर्माण गरिएको आरसीसी पिल्लर पनि हटाइयो । महानगरपालिका र पुरातत्व विभागले हचुवाको भरमा काम गर्दा ५ करोड रुपैयाँ रानीपोखरीमा स्वाहा भयो । त्यसपछि सुर्ती, चुना र इँटा प्रयोग गरेर परम्परागत शैलीमा मन्दिर बनाउन त थालियो, तर मन्दिरको शैलीमा विषयमा अर्को विवाद सुरु भयो ।
सरकारले २०७५ माघमा काठमाण्डौ महानगरपालिकाबाट खोसेर रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दियो । त्यसपछि फागुनमा उपभोक्ता समितिमार्फत् काम सुरु भयो । झण्डै १० करोड रुपैयाँमा उपभोक्ता समितिले रानीपोखरीमा पानी अड्याउने काम सक्यो । गुम्बज शैलीमा बन्दै गरेको मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट शैली (शिखर शैली) मा बनाउने निर्णय भएपछि काम अगाडि बढ्यो । मन्दिरको पनि पुनर्निर्माण सकिएको छ ।
‘धेरै उतारचढावपछि रानीपोखरी यो अवस्थामा आइपुगेको हो’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, ‘आज रानीपोखरी पुरानै स्वरुपमा फर्केको छ ।’
गएको असोज १५ गते रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा सुनको गजुर राखिएको थियो । सीएम तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माणको काम गरेको हो । निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग अघिल्लो वर्ष असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
ऐतिहासिक सम्पदा रानीपोखरी उद्घाटन भएसँगै सबैका लागि खुला हुनेछ । अबदेखि सुरक्षाकर्मीले सुरक्षा गर्नेछन् । बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार वर्षको एकदिन भाइटीकामा खुल्ने गर्छ । यो मन्दिर पनि पाँच वर्षपछि यसपालिको भाइटीकामा खुल्ने भएको छ ।
रानीपोखरी सहित समग्र व्यवस्थापनको जिम्मा काठमाण्डौ महानगरपालिकालाई दिने प्राधिकरणको तयारी छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार प्राधिकरणले गर्नुपर्ने अरु थप कामहरु सम्पन्न गरेर हस्तान्तरण गरेपछि महानगरपालिकाले व्यवस्थापन गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।