कर उठाउने वडाअध्यक्षहरु नै नगरपालिकाको करको विरोधमा उत्रिएपछि‍‍‍...

 साउन २६, २०७५ शनिबार २०:२२:४४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – गौशाला नगरपालिकाका वडाअध्यक्षहरुले करको विरोध गर्दै गौशाला बजार बन्द गरि प्रदर्शनमा उत्रेका छन् ।

शनिबार दिउँसो गौशाला नगरपालिका वडा नं. २, ३, ५, ९ र ११ नं. का वडाअध्यक्षहरुले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा नगरपालिकाले जनताको डाढ सेक्ने गरी बजेट ल्याएको भन्दै प्ले कार्ड बोकी विरोध प्रदर्शनमा उत्रेका हुन् ।

र्‍यालीपछि आयोजित कोणसभामा विभिन्न वक्ताहरुले नगरपालिकाले मनपर्दी रुपमा करको दायरा निर्धारण गरेकोले त्यस निर्णयलाई अझ पनि संशोधनको पक्षमा गएर जनताको चाहनाअनुसार करको सिमा निर्धारण गर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका नेता एवम पूर्व सांसद वसन्त गुरुङ्गको नेतृत्वमा निकालिएकोे विरोध प्रदर्शनमा विभिन्न राजनीतिकर्मी, यूवा, महिला, बुद्धिजीबी, व्यापारी, व्यवसायीहरुको सहभागिता रहेको थियो । 

विरोधमा स्थानीय नेपाली कंँग्रेस, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता लगायत गौशाला नगरपालिकाका वडाअध्यक्षहरु समेत सम्मलित रहेका थिए ।

गौशाला नगरपालिकाको कार्यालयले वडाअध्यक्ष महेश सिंहको अध्यक्षतामा बजेट पुनरावलोकन टोली गठन गरी संशोधन प्रक्रिया अगाडि बढाइसकिएको जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Ushpal

    Aug. 11, 2018, 8:31 p.m.

    किन भने मेयर त नेकपा को हुन अनि अरु कसले बिरोध गरोश त

  •  0 Reply

तपाईको प्रतिक्रिया