खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – यस वर्ष सञ्चालित ‘ग्लोबल ई–कम्पिटिशन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुई वटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतीघरका राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एस्ट्राेनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
नेपालका तर्फबाट अध्यक्ष भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा सोसाइटीका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसिएट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल तथा अङ्कित वेन्जु श्रेष्ठ सहभागी भएको सोसाइटीले जनाएको छ ।
गएकाे असोज ९ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कात्तिक ७ गते समापन भएको हो । व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाललगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए । सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनाेट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।
कोभिड–१९ को कारण कोलम्बियामा हुने भनिएको चौधौँं ‘इन्टरनेशनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ २०२१ का लागि सारिएसँगै यस वर्ष विद्यार्थीको मनोबल उच्च राख्न तथा विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्तरकाे गतिविधि कायम गर्ने प्रयास स्वरुप इन्टरनेशनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ को सञ्चालक समितिले इस्टोनिया सरकार तथा विज्ञको अनलाइन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो ।
राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीका लागि सञ्चालित एक प्रतिभा पहिचान कार्यक्रम हो । सन् २०१४ देखि नेपालमा सञ्चालित प्रतियोगितामा सामेल विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइ पदक तथा अवार्ड प्राप्त गरेर देशभित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भइ उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन छिटै खोलिने जानकारी पनि सोसाइटीले विज्ञप्तिमार्फत दिएको छ । आवेदन तथा थप जानकारी www.nepalastronomicalsociety.org/olympiad मा छिट्टै उपलब्ध हुने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।