कर्णाली प्रदेशले काेराेना सङ्क्रमितको निःशुल्क उपचार गर्ने

 कात्तिक ८, २०७७ शनिबार १७:३४:५८ | रासस
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला प्रदेश सरकारले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो ।

कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने सङ्घीय सरकारकाे निर्णयलाई अहिले प्रदेश सरकारले चुनाैती दिइरहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया