गण्डकी प्रदेशमा थप २ सय २९ जनामा कोरोना पुष्टि

 कात्तिक १०, २०७७ सोमबार ९:१८:१७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

गण्डकी प्रदेशमा थप २ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा मात्रै १ सय १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै नवलपसारी सुदूरपूर्वमा ७५ जना, तनहुँ २६, बाग्लुङमा १७, लम्जुङमा ५, गोरखामा ४ र स्याङजा १ गरी २ सय २९ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको छ । जसमध्ये ३ हजार ८ सय १५ जना निको भएका छन् भने २ हजार ४ सय ७७ जना सक्रिय सङ्क्रमित छन् । आज कोरोना पोजेटिभ आएका धेरैजसो कन्ट्याक ट्रेसिङमा परेका हुन् । उनीहरु सबैलाई आइसोलेशनमा बस्न भनिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ६३ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया