नेपालगञ्जमा २९ लाख भन्दा धेरै रकमसहित १० जना जुवाडे पक्राउ

 कात्तिक १३, २०७७ बिहिबार १२:१७:२३ | गोविन्द शर्मा
unn.prixa.net

फाइल फाेटाे

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुबास खड्काले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारबाही हुने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया