फ्रान्सको राजधानी पेरिस छाड्नेको संख्या बढ्यो, ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम

 कात्तिक १४, २०७७ शुक्रबार १०:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रान्स - फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ ।

आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको छ ।

फ्रान्समा पछिल्लो दिनयता कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएको छ । त्यहाँ हिजोमात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । दोस्रो चरणको लकडाउन लागू भएसँगै फ्रान्सका स्थानीयले अति-आवश्यक नपरि घरबाहिर निस्कन पाउने छैनन् ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया