जुम्लामा डिजिटल कर प्रणाली सुरु : वडाबाटै सुविधा

 कात्तिक १५, २०७७ शनिबार १०:१६:४८ | नेत्र शाही
unn.prixa.net

 जुम्ला - जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ ।

गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसाबले सहज होस् भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो । पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागू गरिएको उहाँले बताउनुभयो ।

सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार क्षेत्र छुट्याइएको छ । व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रुपैयाँ कर तोकिएको उहाँले बताउनुभयो ।

यो प्रणाली सात वटै वडामा लागू भएको छ । यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता हटेको सूचना प्राविधिक अधिकृत रावतले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया