सिप्रदीले ल्यायो एक्साइडको नयाँ ब्याट्री

 कात्तिक २०, २०७७ बिहिबार २०:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक्साइड इन्डस्ट्रिजको नेपालमा रहेको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ७४ एम्पियरको इपिक डिन (EPIQ DIN) ब्याट्री ल्याएको छ । सिप्रदीले ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि इपिक डिन ब्याट्री बजारमा ल्याएको हो ।

यो ब्याट्री उत्कृष्ट प्रविधि प्रगोग गरी निर्माण गरिएको सिप्रदी ट्रेडिङ अन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रबन्धक सुरेशकुमार तिवारीले बताउनुभयो । उहाँका अनुसार यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ, जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीको तुलनामा बढी समयसम्म टिक्छ र छिटो चार्ज पनि हुन्छ ।

इपिक डिन ७४ ब्याट्रीमा जडि़त डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेशनले गर्दा धेरै नै भरपर्दो तथा लामो समयसम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ ।

सामान्यतया अटोमोटिभ ब्याट्रीहरु तीन महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर इपिक डिन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरिकन राख्दा डिस्चार्ज नहुने कम्पनीले दाबी गरेको छ ।

इपिक डिन ७४(EPIQ DIN​)ब्याट्री बीएमडब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, ह्युनडाई, मर्सिडिज बेन्ज, निसान, रेनाेल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया