देशमा लगानी नभित्रिएला कि भन्ने डरले चिनी मिललाई कारबाही नगरिएकाे हाे : मन्त्री भट्ट

 कात्तिक २०, २०७७ बिहीबार २०:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिँदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको बताउनुभएको छ । 

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी नदिएको सम्बन्धमा छलफल गर्न उपस्थित हुनुभएका मन्त्री भट्टले कोभिड–१९ को समयमा उद्योगीहरुलाई कारबाही गरी हतोत्साही पार्न नसकिएको बताउनुभएको हो ।

चिनी उद्योगलाई बचाउने वा रुग्ण घोषित गरी असुल उपर गर्ने दुई विकल्प मात्रै भए पनि किसान तथा श्रमिकलाई भुक्तानी नदिने उद्योगीहरुलाई अहिलेको अवस्थामा हतोत्साही गर्ने गरी कारबाही गर्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘श्रीरामको सन्दर्भमा उसले मैले अन्यबाट सकिन्नँ, यो १० बिगाहा बिक्री गर्न पायो भने मन्त्रालयले दिएका चार वटा सर्तहरु पालना गर्छु, भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गर्दिनुपर्‍याे भनेर उसले निवेदन दिइसकेपछि हामीले सिफारिस गरिदिएको हो । अब हाम्रो उद्योग मन्त्रालयबाट गर्नुपर्ने कुरा भनेकाे उसकाे अन्यत्र जायजेथा छ भने त्यहाँबाट असुलउपर गर्ने, थुनुवा गर्ने हो । त्यसले अहिले लगानी भित्र्याउन खोजिराखेका छौँ । अझ कोभिडको यो परिस्थितिमा उद्योगी व्यवसायीहरुलाई भित्रै हालेर त्यसको अन्य जायजेथाबाट असुलउपर गरेपछि लगानी आउँछ कि आउँदैन, देश औद्योगिकिकरण जान्छ कि जाँदैन भन्ने हामीलाई दुविधा भएको हो । कसैलाई छुट दिने भन्ने कुरा होइन ।’

मन्त्रालयले चिनी उद्योगहरुलाई बचाउने गरी वस्तुवादी वैज्ञानिक निकास दिन निरन्तर छलफल गरिरहेको पनि मन्त्री भट्टले बताउनुभयो ।

कोभिड महामारीको समयमा त्यसै पनि उद्योगी व्यवसायीहरु मारमा परेको अवस्थामा कुनै पनि उद्योगलाई कारबाही गर्दा नराम्रो सन्देश जाने भएकाले तत्काल कारबाही गर्न उचित नहुने उहाँले बताउनुभयो । तर चिनी मिलहरुले उखु किसानलाई भुक्तानी दिन नसकेको समस्यालाई मन्त्रालयले गम्भीर रुपमा लिइ समाधानका लागि उद्योगीहरुसँग निरन्तर छलफल गरिराखेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Sushil

    Nov. 21, 2020, 10:48 a.m.

    देश बिकास नै गर्ने हो भने, तल उलेखित बुंदालाई जुन पार्टीले म गर्छु भन्छ, त्यसलाई पक्का १ भोट दिने हो / १ . अब को ५ बर्षमा ५००किलो मिटर रेल हुनु पर्यो / २. अब को ५ बर्षमा ५००० किमी रोड हुनु पर्यो / ३. अब को ५ बर्षमा भ्रस्टाचार ८०% कम हुनु पर्यो/ ४. अबको ५ बर्षमा सबै नेता लाई कार होइन, एउटा बिजुलीबाट चल्ने बस चढेर आवतजावत गर्ने/ ५. अब को ५ बर्षमा यदि यी बुंदामा काम गर्न सकिएन भने मन्त्री सबैका नागरिकता खारेज गर्ने, नेताका छोराछोरी सरकारी जागिरमा छन् भने हटाउने र सबै सम्पती राष्ट्रियकरण गरिनेछ / हिम्मत छ नेताहरु यस्तो गर्न हामी तयार छौं भोट दिन /

  •  0 Reply
  • SUSHIL

    Nov. 11, 2020, 2:06 p.m.

    यस्ता मन्त्रीज्यू भएपछि किसान पलायन नभए को हुन्छ ? बिना बाउको छोरा जस्ता भए किसान त ....न सरकारलाईपीर छ ,न सम्बन्धित मन्त्रीलाई नै मतलव...बरु खारेज नै गरेहुन्छ कृषिमन्त्रीलाई / अहिले ५० करोडको चीनी आयात हुन्छ ..यस्तै ताल हुने हो भने भविष्यमा अरबौको चीनी आयात हुँदैन भन्ने के ग्यारेन्टी ??

  •  0 Reply

तपाईको प्रतिक्रिया