१२ किलो अफिमसहित दुई जना पक्राउ

 कात्तिक २१, २०७७ शुक्रबार १६:२१:१७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा १२ किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । 

आठबीसकोट नगरपालिका ९ काे राडीमा रहेकाे धिरेन्द्र शाहको घरमा बसिरहेका जाजरकोटकाे नलगाड नगरपालिका ८ का मालबहादुर सिंह र कालीबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबहादुर ओलीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागुऔषध ब्युरो सुर्खेतको टोली र रुकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १२ किलो अफिमसहित उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई लागुऔषध ओसारपसार ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया