चिकित्सक सहित १७ जनामा  लक्षण सहितको कोरोना देखिएपछि अर्घाखाँची अस्पताल बन्द

 कात्तिक २२, २०७७ शनिबार १९:२:१० | प्रेमनारायण आचार्य

अर्घाखाँची – सात जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना सङ्क्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ । 

अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरी १७ जनामा लक्षण सहितको  कोरोना देखिएपछि प्रसूति र अत्यावस्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएकाे छ ।

उपचारमा अहोरात्र खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको  जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया