स्याङ्जामा पराल बोकेको जीप दुर्घटना : एकको ज्यान गयो, चार जना घाइते

 कात्तिक २३, २०७७ आइतबार ११:३३:१२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको भीरकोटमा पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चार जना घाइते भएका छन् । भीरकोट ५ मा लु १ च २६९६ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १७ वर्षका असिम सेनको उपचारका क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा परि भीरकोट ५ का शिव सेन, मनोज सेन, दीलबहादुर सेन र अन्जन सेन घाइते हुनुभएको छ ।

घाइते सबैको भीरकोटको कालीका सामुदायिक अस्पतालमा उपचार भइरहेको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । जीप चालक राजु पंगेनी फरार रहेका र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया