सरकार परिवर्तन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् : प्रवक्ता गुरुङ

 कात्तिक २३, २०७७ आइतबार २०:२९:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, 'यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिवर्तन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।' 

नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले वर्तमान सरकारले नै देशमा स्थिरता र विकास दिने जनाउँदै उहाँले भन्नुभयो, 'फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, समृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।'

उहाँले नागरिकप्रति उत्तरदायी हुँदै नागरिककै पक्षमा इमानदारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको जनाउँदै जतिसक्दो चाँडो सङ्घीय निजामती सेवा ऐन संसद्बाट पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले मन्त्रालय अन्तर्गतका सञ्चारमाध्यम र अन्य विभागलाई नयाँ गतिका साथ अगाडि बढाउने बताउँदै मन्त्री गुरुङले सञ्चार क्षेत्रबाटै नेपाललाई भ्रष्टचारमुक्त देश बनाउने बताउनुभयो । 

सङ्गठनका विभागीय अध्यक्ष लीला भण्डारीले कर्मचारीको वृद्धि विकासमा मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया