माेटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीकाे ज्यान गयाे

 कात्तिक २४, २०७७ सोमबार १७:६:४२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महाेत्तरीको गौशालामा माेटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएको छ । 

आइतबार साँझ गौशाला नगरपालिका २ काे निगौलमा भएको दुर्घटनामा स्थानीय साइकलयात्री ४५ वर्षीय छठु मुखियाको ज्यान गएको हो । गौशालाबाट घरतर्फ गइरहेका मुखियालाई वीआ ३० एक्स ९२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

 मृतकको शव पोस्टमार्टमकाे लागि जलेश्वरमा राखिएको छ भने मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश रेग्मीले बताएका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया