अहिलेकाे नेकपा विवादकाे कारण कार्यशैली नै हाे : मन्त्री अर्याल

 कात्तिक ३०, २०७७ आइतबार २०:३०:२६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

फाइल फाेटाे

स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । मन्त्री अर्यालले भन्नुभयो, ‘ढुक्क हुनुहोस्, नेकपा कुनै पनि हालतमा फुट्दैन ।’ 

स्याङ्जाका पत्रकारहरूसँगको भेटघाटमा मन्त्री अर्यालले जीवन्त पार्टीमा छलफल बहस स्वभाविक भएको भन्दै छलफल बहस पार्टीको नियन्त्रणमा नै रहेको स्पष्ट पार्नुभयो । मन्त्री अर्यालले अहिलेकाे नेकपा तथा कांग्रेस दुवै पार्टीले फुटको स्वाद चाखेर आएको स्मरण गराउँदै अब त्यस्तो हुनै नसक्ने स्पष्ट पार्नुभएको हो । 

उहाँले भन्नुभयो, 'अहिलेको नेकपाको विवाद नीतिगत होइन, कार्यशैलीगत हो ।' दुई पार्टीका फरक–फरक विचार एक ठाँउमा आएको कारण यस्तो अवस्था आएको उहाँको भनाइ छ । पार्टी फुट्ने कल्पनासमेत गर्न नसकिने मन्त्री अर्यालको निष्कर्ष छ । 

मन्त्री अर्यालले पत्रकारहरूसँग स्याङ्जाका विकास निर्माण तथा समग्र देशको पछिल्लो अवस्थाका बारेमा छलफल गर्नुभएको थियो ।  

अन्तिम अपडेट: चैत २७, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया