तिहारका लागि जाजरकाेटबाट जुम्ला हिँडेका दुई जना हिमपातका कारण अलपत्र

 मंसिर १, २०७७ सोमबार १४:३२:१२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – तिहारका लागि जाजरकोटबाट जुम्ला हिँडेका दुई जना बीच बाटोमै अलपत्र परेका छन् ।

हिमपातका कारण जुम्लाको तिला गाउँपालिका ४ का ५२ वर्षीय प्रेमबहादुर सिंह र जुनीचाँदे गाउँपालिका जाजरकोटका ५६ वर्षीय हरिबहादुर शाही जुम्लाको कागचुचा लेकमा अलपत्र परेको सिंहका भाइ तिला गाउँपालिका ४ का धिरबहादुर सिंहले जानकारी दिनुभयो । हिउँ धेरै भएकाले उद्धार गर्न भन्दै बिहान फोन सम्पर्क गरेको तर त्यसपछि अवस्था थाहा नभएको उहाँले बताउनुभयो ।

जुम्ला र डोल्पामा मङ्सिरको पहिलो दिन नै हिमपात भएको छ । बिहानैदेखि उपल्लो डोल्पा, तल्लो डोल्पा, जुम्लासहित विभिन्न ठाउँमा हिमपात भएपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया