पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
महोत्तरी - प्रदेश नंं २ का प्रमुख जिल्ला अधिकारीहरुले अनिवार्य रुपमा सामाजिक दूरी कायम गरेर छठपर्व मनाउन आग्रह गरेका छन् ।
उनीहरुले काेराेना भाइरसकाे महामारीलाई ध्यानमा राख्दै सकेसम्म घरमै र जलाशयमै जाने परे भीडभाड नगरि छठपर्व मनाउन सर्वसाधरणलाई अनुराेध गरेका हुन । व्रतालुलाई अनिवार्य रुपमा स्वास्थ्यलाई ख्याल राख्दै पर्व मनाउनुपर्नेमा जाेड गरिएकाे प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनु भएकाे छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले छठ पर्व घरमै मनाउन आग्रह गरिएको बताउनु भएकाे छ । ‘जनताले हाम्रो आग्रह मानिदिए धेरै राम्रो हुन्थ्यो’ उहाँले भन्नुभयो, ‘कोरोनाले गर्दा यसवर्ष सावधानीपूर्वक छठ पर्व मनाउन आग्रह गरेका हौँ।’ जलाशयमा जानेहरूलाई पनि पानीमा नडुबिकन छठ मनाउन भट्टराईले आग्रह गर्नुभयो ।
बाराका प्रजिअ दीपकराज नेपालले सुरक्षा समितिको बैठक बसेर भीडभाड नगरिदिन आग्रह गर्नु भएकाे छ । उहाँ भन्नुहुन्छ, ‘संस्कृति मनाउन हामी रोक्दैनौँ, तर कोरोना सङ्क्रमणको अवस्थालाई ख्याल गर्न आग्रह गर्छु ।’
यस्तै रौतहटको चन्द्रनिगाहपुरमा रहेकाे चाँदी नदीको किनार, गौरकाे बरहबा तालसहितका जलाशयमा घाट बनाउन सुरु गरिएको छ भने वीरगञ्जको घडीअर्बालगायतका पोखरीमा पनि घाट तयार पार्ने काम प्रारम्भ गरिएको छ ।
पर्सामा भने यसपटक पण्डाल लगाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जलाशयमा बढीमा व्रतालु र एक जना सहयोगी मात्र जान आग्रह गरेको छ । पर्साका प्रजिअ अस्मान तामाङ भन्नुहुन्छ, ‘व्रतालुबाहेक दर्शकलाई घाटसम्म नगइदिन आग्रह गरेका छौँ ।’
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल छठ पर्वको घाटसम्म व्रतालु र उनको साथमा एक जनालाई मात्रै जान आग्रह गरिएको बताउनु भयाे । उहाँले छठ पर्वलाई हेर्ने र भीडभाड भएको ठाउँँमा स्वयंसेवक र प्रहरी परिचालन गर्ने जानकारी दिनुभयाे ।
सिरहा जिल्लामा स्थानीय प्रशासनले घर घरमै धारा राखेर छठ पर्व मनाउन अनुरोध गरेको छ । त्यहाँका प्रजिअ प्रदीपराज कँडेल भन्नुहुन्छ, ‘कतिपयले हाम्रो अनुरोधलाई स्वीकार गरेका छन्, कतिपयले भने परम्परागत चाडपर्व मनाउनुपर्छ भनेका छन् ।’ घाट निर्माण गरिए पनि यस पटकको छठ पर्व भने खल्लो रहने स्थानीयवासी बताउँछन् ।
मंगलबार माछा र कोदो नखाएका व्रतालुहरू आज एका बिहानै नुहाएर खाने विधि गर्दै छन् । त्यस्तै पर्व अन्तर्गत बिहिबार खरना विधि, शुक्रबार साँझको अर्घ र शनिबार बिहानको अर्घ दिएर पारायण मनाउँदै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।