टाइगर उड्सलाई पछि पार्दै कोएप्काले जिते युएस पीजीए गल्फ च्याम्पियनसिपको उपाधि

 साउन २८, २०७५ सोमबार १४:५८:६ | एजेन्सी
unn.prixa.net

युएस पीजीए गल्फ च्याम्पियनसिपको १००औं संस्करणको उपाधि अमेरिकी खेलाडी ब्रुक्स कोएप्काले जितेका छन् । पूर्व विश्व नम्बर एक टाइगर उड्स र अष्ट्रेलियाका एडम स्कटलाईपछि पार्दै कोएप्काले उपाधि जितेका हुन् ।

युएस ओपनका च्याम्पियन कोएप्काले टाइगर उड्सलाई दुई स्ट्रोकले पछि पारे । चौथो चरणमा उनले चार अण्डर ६६ को स्कोर कार्ड बनाउँदै उपाधि जिते । पहिलो चरणमा एक स्ट्रोकमात्र बचाएका कोएप्काले दोस्रो चरणमा सात तथा तेस्रो र चौथो चरणमा चार–चार स्ट्रोक बचाउँदै कुल १६ अण्डर २६४ स्कोरसहित च्याम्पियन बनेका हुन् ।

तेस्रो चरणसम्म राम्रो प्रदर्शन गरेका अष्ट्रेलियाली खेलाडी एडम स्कट चौथो चरणमा खराब प्रदर्शनको शिकार भएपछि उनलाई टाइगर उड्सले पछि पारे ।

तेस्रो चरणसम्ममा टाइगर उड्सलाई दुई स्ट्रोकले पछि पारेका स्कटले अन्तिम चरणमा भने तीन अण्डर ६७ को कार्ड बनाए । उनले १३ अण्डर २६७ को कार्ड बनाएका थिए । टाइगर उड्सले भने अन्तिम चरणमा ६ अण्डर ६४ को कार्ड बनाए । उनले कुल १४ अण्डर २६६ स्कोर गरेका थिए । समग्र ११ अण्डरको कार्ड बनाउँदै अमेरिकाका स्टेवार्ट चिंक र स्पेनका जोन राह्म संयुक्त रुपमा चौथो भए । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया