ट्रक दुर्घटनामा बालककाे ज्यान गयाे

 मंसिर ३, २०७७ बुधबार १९:५३:३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – त्रिभुवन राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका ७ काे खानीखाेलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । काठमाण्डौबाट नारायणघटतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धुनीबेसि नगरपालिका ७ का आठ वर्षीय रितेश तामाङकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालयकी प्रमुख तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुपा थापाले जानकारी दिनुभयाे । 

घटनापछि बजारबासीले क्षतिपूर्तिकाे माग गर्दै राजमार्ग बन्द गरेका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया