दक्षिण कोरियामा मानवरहित हवाइ ट्याक्सीको परीक्षण, ट्राफिक व्यवस्थापनमा सहयोगी हुने

 मंसिर ४, २०७७ बिहिबार १५:८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण कोरियाले मानवरहित हवाइ ट्याक्सीको परीक्षण गरेको जनाएको छ ।

पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ६ सय ५० किलोको इलेक्ट्रिक हवाइ ट्याक्सीमा दुई सिट रहेको छ । ट्याक्सीले १ सय ३० किलोमिटरको गतिमा उडान भर्न सक्ने खबरमा उल्लेख छ । दक्षिण कोरियाले हवाइ ट्याक्सीको परीक्षण गरेको यो दोस्रो पटक हो । यसपटक ६ वटा हवाइ ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाइ ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो ।

ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाइ गतिशीलता विकास तथा भूमिगत यातायातको भीड कम गर्ने उदेश्य छ । साथै सहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ । गएकाे अप्रिलमा ७० किलो चामलको बोरासहित हवाइ ट्याक्सीको परीक्षण गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया