पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन, रातिदेखि मौन ...
मंसिर १३, २०८१ बिहिबार
जेठ १६ – अमेरीकी खेलाडी सेरेना विलियम्सले ग्राण्डस्लाममा कमब्याक गरेकी छिन् । वर्षको दोस्रो ग्राण्डस्लाम फे्रन्च ओपनबाट कमब्याक गरेकी सेरेना सहज रुपमा दोस्रो स्थानमा प्रवेश गरिन् ।
पेरीसमा भएको महिलातर्फको खेलमा सेरेनाले क्रिस्टेना प्लिस्कोभालाई २ – ० को सोझो सेटमा हराइन् । ३६ वर्षीया सेरेनाले प्लिसकोभालाई पहिलो सेटमा ७ – ६ ले हराइन भने दोस्रो सेटमा पनि ६ –० ले पराजित गरिन् । सेरेना बच्चाको आमा बनेपछि पहिलो पटक ग्राण्डस्लाममा उत्रेकी हुन् ।
यस्तै, अर्को खेलमा पूर्व च्याम्पियन मारीया सारापोभाले पनि उत्कृष्ट कमब्याक गर्दै दोस्रो चरणमा स्थान बनाइन् । उनले नेदरल्याण्ड्सकी रिचेल होगेनकाम्पलाई २ – १ को प्रतिस्पर्धात्मक सेटमा हराइन् । रसियन खेलाडी सारापोभाले पहिलो सेट ६ – १ ले जितेपछि दोस्रो सेट ४ – ६ ले गुमाउन पुगिन् । तर तेस्रो तथा अन्तिम सेटमा ६ – ३ जित निकाल्दै उनले दोस्रो चरणमा स्थान बनाइन् ।
पुरुषतर्फ स्पेनिस खेलाडी रफायल नाडालल इटालीका सिमोन बोलेलीलाई ३ –० को सोझो सेटमा पाखा लगाउँदै अर्को चरणमा प्रवेश गरे । ११ औँ फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका नाडालले सिमोन विरुद्धको पहिलो सेट ६ – ४ ले जितेका थिए भने दोस्रो सेट ६ –३ ले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा जित निकाल्न भने उनले टाइब्रेकरसम्म पुग्नु पर्यो । जसमा उनले ७ – ६ को जित निकाल्दै अर्को चरणमा स्थान बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।