धादिङमा कार र टिप्पर ठोक्किँदा एक जनाको ज्यान गयाे

 मंसिर ७, २०७७ आइतबार १४:५:२१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा आइतबार बिहान कार र टिप्पर ठोक्किँदा  एक जनाको ज्यान गएको छ ।

मुग्लिङबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिप्पर एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका २४ वर्षीय दिपेश केसी रहेका इलाका प्रहरी कार्यालय गजुरीमा प्रमुख युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ की ३८ वर्षीया वर्षा केसी र काठमाण्डौ कलङ्कीका सुधीर सुवेदीकाे अवस्था गम्भीर रहेकाे छ। एक जनाको अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएकाे छ। घाइतेको गजुरी अस्पताल सामान्य उपचारपछि काठमाण्डौ ट्रमा सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया