महाकाली नदीको बाढीबाट ३० घर परिवार विस्थापित, पानीकाे बहाब बढ्दै

 साउन २८, २०७५ सोमबार २०:४८:२४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – महाकाली र जोगबुढा नदीमा आएको बाढीका कारण डुबानमा परेका ४६ घर परिवारको उद्दार गरिएको छ ।

शनिबार रातिदेखि परेको पानीका कारण नदीम पानीको बहाब बढेपछि माहाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका बस्तीहरु डुबानमा परेका थिए । 
डुबानको उच्च जोखिममा रहेका वडा नम्बर १० का ३० परिवार विस्तापित भएका छन् । उनीहरुमध्ये ४६ जनालाई उद्दार गरी अम्बिका मावि दोधारामा राखिएको छ भने अधिकांश आफन्तको घरमा आश्रय लिए बसेका छन् । 

बाढीले खेतमा लगाएको अन्नबाली नष्ट गर्नुका साथै आफूहरुको बिचल्ली भएको माहाकाली १० का स्थानीय माया प्रेम सुनारले बताउनुभयो । महाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका बस्तीहरु बर्सेनि डुबानमा पर्ने गरेका छन् । तर त्यसको व्यवस्थापनका लागि सरोकारवाला पक्षले ध्यान नदिएको उनीहरुको गुनासो छ ।

बस्तीमा पानी पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दा लयागतको समहयोगमा बाढी पीडितको उद्दार गरिएको छ । वडा नम्बर १० स्थित प्रतिभा टोल, श्री टोल र गिरी टोलबाट डुबानमा परेका परिवारको उद्दार भइरहेको माहाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताउनुभयो ।१ सय ४८ घर डुबानमा परेकामा ३० घरपरिवार बाढीका कारण विस्थापित भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार महाकाली र जोगबुढा नदीमा पानीको बहाब बढ्दै गइरहेका डुबानमा परेका परिवारलाई सुरक्षित ठाँउमा सार्ने काम भएरहेको छ ।

महाकाली नदीमा पानीको बहाब बढ्दै

भारतीय पक्षले सोमबार धार्चुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाधका ढोकाहरु खोलेपछि महाकालीमा पानीको बहाब बढ्दै गएको छ । भारतले बिहान ७ बजेदेखि ९ बजेसम्मका लागि धौलीगंगा परियोजनाको बाधका ढोकाहरु खोलेको थियो । बाधका ढोकाहरु खोलेसँगै त्यसको प्रभाव कञ्चनपुरमा पनि देखिएको छ । 

पछिल्लोे मापन अनुसार महाकाली नदीमा पानीको बहाब बढेर १ लाख ३० हजार क्यूसेक पुगेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक करवीर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीमा पानीको बहाब बढ्ने क्रम जारी छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया